मुम्बईबाट बिरेन्द्र पौडेल ।
चलचित्र 'माझिदाई'को बजारयात्रा सकिएपछि निमार्ता-निर्देशक विजय के यतिबेला मुम्बईमा छन् । लालीमा फिल्मस्को ब्यानरमा दोस्रो चलचित्र 'आमाको काख' दर्शकमाझ पस्किने सुरसारमा छन् उनि । मुम्बईको अन्धेरी पश्चिम स्थित एक रेकडिङ स्टुडियोमा  उनि गीत रेकर्ड गराउँदै छन् । रेर्कडिङ्ग भइस्केका गीतमध्ये  स्थापित गायक-गायिका उदितनारायण झा ले ३, दिपा झाले २ र साधना सरगमले २ गीतमा स्वर दिएका छन् । 'म समसामयिकता र यथार्थमा आधारित चलचित्र बनाउँदै छु ।' फिल्म नेपाल डट कम कुरा गर्दै उनले भने । 'राजेश हमाल,निखिल उप्रेती,दिलिप रायमाझी, तृप्ती नाटकर,निरुता सिंह र सज्जा मैनाली मुख्य भूमिकामा आउनेछन् ।' उनले भने । चलचित्रमा शम्भु राईको संगीत रहने छ । अधिकाशं सुटिङ दार्जलिङ्गमा र केही इलाममा हुनेछ ।
सम्झना,कुसुमे रुमाल ,साइनो र लाहुरे लगायतका सफल चलचित्रहरुमा अभिनय गरेकी नायिका तृप्ती नाटकर केही वर्ष यता ओझेलमा थिइन ।'आमाको काख'बाट नेपाली पर्दामा हुने उनको पुरनरागमन कत्तिको सफल हुने हो त्यो भने हेर्नै बाँकी छ ।