काठमाडौं। कहिले पोष्टेकी आमा त मुकुन्दे-बडाबा । हास्यबिद्यामा यसरी नै स्थापित बनेका नारद खतिवडा यतिबेला भने ठुलो पर्दाको चलचित्र नै निमार्णको तयारीमा जुटेका छन् । आफ्नै प्रस्तुतीमा नारदले 'कान्छी आमा हेर्न जाउँ' नामक कमेडी चलचित्र निमार्ण गर्दैछन् ।
असारको अन्तिम साताबाट छ्यांकन सुरु गरिने चलचित्रको रेकर्डिक सकिएको छ । चलचित्रभित्र नायकका रुपमा नारद स्वंमले अभिनय गर्नेछन् भने नायिका उषा पौडेल, नायक दिनेश शर्मा, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायतका शिर्ष भूमिकामा उत्रिनेछन् । रामकार्कीको संगीत,रोशन श्रेष्ठको द्धन्द्ध, राजु शाहको नृत्य निर्देशन र कमल मैनालीको निर्देशन रहने छ ।