चलचित्रका समिक्षकहरुले चलचित्र विकास वोर्डद्धारा आयोजित राििष्टय चलचित्र महोत्सव असान्धर्र्भि र नियतपर्ण भएको आरोप लगाएकाछन् भने आयोजकले यसको प्रतिबाद गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै समिक्षक तथा निर्देशक नवीन सुब्बाले महोत्सवमा अबैज्ञानिक ढंगले उत्कृष्ट चलचित्र र कलाकार छनौट गरिएको छ भन्नुभयो । अर्का समिक्षक डा. प्रदिप भट्टराईले राष्टियताका नाममा राजनीतिक नियतले महोत्सव आयोजना गरिएको बताउनुभयो । अर्का समिक्षक अनुप सुवेदीले विकासवोर्डको जुरीमा बस्नेका चलचित्र मात्र प्रतिस्पधार्मा ल्याएर भाषाभाषीका चलचित्रलाई उपेक्षा गरिएको बताउँनुभयो ।
महोत्सवको निणर्ायक कमिटिका सदश्य यादब खरेलले भने व्याक्तिगत आवेशमा महोत्सवको बिरोध गर्न नहुने तर्क अघि सार्नुभयो । विकास वोर्डका सदश्य अशोक शर्माको तर्क थियो- कांग्रेस र एमालेको सरकार भएमात्र महोत्सव उपयुक्त भन्ने धारणा त्याग्नुपर्छ । कार्यक्रममा निमार्ता युवराज लामा, निदैशक उज्ज्वल घिमिरे,उद्धव पौडेल, नायिका बिपना थापा, निरुता सिंह लगायतकाले बोलेका थिए ।