मुम्बईबाट बिरेन्द्र पौडेल ।
बिद्यमान द्धन्द्धका कारण बिदेशिन बाध्य लाखौ नेपालीहरुका अब चलचित्रमा समेटिने भएका छन् । नेपाली चलचित्र निमाणपनि प्रवासबाटै हुने भएको छ । लामो समय बलिउडमा काम गरेका दुई नेपाली गणेश ज्वाला र प्रेम के धावनीले यस्तो चलचित्र निमार्णको तयारी गर्दैछन् । चलचित्रको गीत रेर्कडिङ सकिएको छ । गीतमा गायक कुमार कान्छा,संजय झा, उदयनारायण झा, गणेश ज्वाला,नवराज बास्कोटा र पि्रती रानाको स्वर समाष्टि छन् । चलचित्रमा नवराज बास्कोटाको संगीत, प्रेम के धावनीको कथावस्तु र राम प्यासीको नृत्य रहने फिल्मनेपाल डट कमसँग कुरा गर्दै निर्माता ज्वालाले जानकारी दिए । 'गीतको अडियो क्यासेट छिट्टै सार्वजनिक हुँदै छ ।'-उनले भने ।
बलिउडमा दर्ता गरिएको रियल डि्रम्स अन लिमिटेडको ब्यानरमा निमार्ण गर्न लागिएको सो चलचित्रको छायांकन दार्जलिङ्ग,नैनीताल,देहरादुन र मुम्बईमा छ्यांकन गरिने छ ।